
Photo Credit : Reuters
९ मंसिर, काठमाडौं । रुसले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘स्पुतनिक भी’ को मूल्य २० डलरभन्दा कम पर्ने दाबी गरिएको छ । उक्त खोपको दुई डोजको मूख्य २० डलरभन्दा कम पर्ने स्पुतनिक भी नामक ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार रुसका नागरिकलाई भने यो खोप निःशुल्क उपलब्ध हुनेछ ।
यसअघि रुसको आरडीआईएफ सभेरियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिभले स्पुतनिक भीको मूल्य समान प्रभावकारिता भएका अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै कम हुने बताएका थिए । रुसको यो खोप तेस्रो चरणको मानव परीक्षणमा २८ औं दिनमा ९१ दशमलव ४ र ४२ औं दिनमा ९५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दाबी छ । रुसले यो खोपलाई विश्वको पहिलो कोरोना खोप भएको दाबी गर्दै आएको छ ।
स्रोत : अलजाजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4