Comments Add Comment

रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु

११ मंसिर, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको डा. गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment