Comments Add Comment

धनुषामा महिला मृत फेला

११ मंसीर, जनकपुरधाम । धनुषामा एकजना महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका-७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत महिलाको नाम रेखा रहेको र थप विवरण खुल्न नसकेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए । अन्दाजी २३ वर्षीया महिला श्रीमानसँगै बस्दै आएकी थिइन् । तर, उनी मृत फेला परेको अवस्थामा उनका श्रीमान फेला नपरेको स्थानीयलाई उदृत गर्दै प्रबक्ता मिश्रले बताए ।

प्रहरी अहिले घट्नास्थलमा रहेको बताउँदै उनले प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिने बताए । ‘घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment