Comments Add Comment

बर्दिवासमा पूर्वपश्चिम राजमार्ग आज पनि अवरुद्ध

११ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवासस्थित पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । ६ वर्षीय बालिका हत्या र बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्युको विरोध गर्दै स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध बनाएका हुन् ।

स्थानीयवासीले प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ ।

बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका वडानम्बर १ बस्ने ४० वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।

घटनाको निष्पक्ष छानबिन,गोली चलाउन आदेश दिने प्रहरी तथा प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

बालिका हत्या प्रकरण र प्रहरीको गोली लागेर मृत्यु भएको विरोधमा बिहीबार बिहानैदेखि बर्दिबासमा स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् । बजार सम्पूर्ण बन्द रहेको छ ।

मंसिर ७ गते आइतबारदेखि वेपत्ता भएकी ६ वर्षीया बालिकाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो ।

बस्तीबाटै हराएकी शहीद आलमकी ६ वर्षीय छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ ।

हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी तोडफोडसमेत गरेका थिए । घर पूर्णरुपमा क्षति भएको छ ।

राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment