+
+
Shares

जसपाका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १४:०८

११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ ।

अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न भनिएको छ । जसपाका ३४ सांसद मध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?