+
+
Shares

रौतहटमा राजसंस्थाको पक्षमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १५:१५

११ मंसिर, रौतहट । हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा बिहीबार प्रदर्शन गरेको छ ।

रौतहटको गौरमा मोटरसाइकल र्‍याली सहित सुरु भएको प्रर्दशनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाएका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको उनीहरुको तर्क थियो ।

“हामी राजासहितको प्रजातन्त्रको पक्षमा छौं । यसैको पहलका लागि देशभर दबावका कार्यक्रम आयोजना गरिरहेका छौं,” नेपाल राष्ट्रवादी समूह रौतहटका अध्यक्ष वीरेन्द्रकुमार गिरीले भने, ‘अहिले देशको अवश्था हेर्दा दुःख लाग्छ, नेताहरुले आफ्नो लागि मात्रै सोच्छन् उनीहरुलाई जनताको कुनै वास्ता छैन ।’

पछिल्लो समय नेताहरु भ्रष्टाचारमा लिप्त भएको र आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको र्‍यालीमा सहभागीहरुको आरोप थियो । गौरबाट सुरु भएको मोटरसाइकल र्‍याली ४२ किलोमिटर उतर चन्द्रनिगाहपुरसम्म पुगेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?