+
+
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एनसेल सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते २०:०६

११ मंसिर, काठमाडौं ।एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य अन्र्तगत यो नयाँ एनसेल सेन्टर एनसेलले संचालनमा ल्याएको हो ।

यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिमतथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभवप्रदान गर्नेे प्रतिबद्घताअनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?