Comments Add Comment

सत्य–स्वरुपको ‘मैसाब’मा पलको दोहोरो भूमिका

नेपाली म्यूजिक भिडियोको बजार फराकिलो बन्दैछ । अहिले दैनिक ३–४ वटा म्यूजिक भिडियो रिलिज हुन्छन् भने छायांकनको संख्या पनि यस्तै छ । तर, धेरै भिडियो त आएको नै दर्शकले पत्तो पाउँदैनन् । कतिपय भिडियो र गीत स्तरिय नभएपनि क्षणिक रमाइलोमा मेकर रमाउने गरेका छन् । तर, कहिलेकाही भिडियोको बजारमा यस्ता गीत र भिडियो आउँछन्, जसले लामो समयसम्म प्रभाव पार्छन् ।

गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वरमा समावेश ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ यस्तै एक गीत हो, जसको प्रभाव लामो समयसम्म संगीत बजारमा पर्ने पक्का छ । कवाली फ्लेवरको यो गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरु प्रयोग गरिएको छ । सत्य–स्वरुपको स्वर तथा संगीत, अमृत खतिवडा र सत्य–स्वरुपकै शब्द रहेको यो गीतको म्यूजिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । राजकुमारीलाई हेर्न दरबार पुगेका राजकुमार दाजुभाइले व्यक्त गरेको प्रेमलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । छुकिलाले केही सिक्किमेली गीतको भिडियोमा अभिनय गरेकी छिन् । कविराजले होटल याक एण्ड यती होटललाई आलिसान दरबारको रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा सय भन्दा बढी कोरसले नृत्य गरेका छन् ।

सुदिप बरालको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ । कैलाश राइको लगानीमा तयार भएको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी छ । नायक पल शाहलाई दोहोरो भूमिकामा प्रस्तुत गर्न सहज नभएको बताउँदै कविराजले नयाँ अनुहारलाई व्यवसायिक रुपमा प्रस्तुत गर्नु पनि चुनौतीपूर्ण रहेको बताए । गायकद्धय सत्य–स्वरुपले आफूहरुको करिअरकै अहिलेसम्मकै उत्कृष्ट भिडियो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment