Comments Add Comment

संसदको नियमित अधिवेशन अब सुरु हुन्छ : कानुनमन्त्री तुम्बाहाङ्फे

फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताएकी छन् ।

यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उनले जानकारी दिइन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो लागेको छैन, तर अब नियमित अधिवेशन सुरु हुन्छ । कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नु होला ।’

संसद अधिवेशनको तयारी थाल्दा स्वास्थ्य मापदण्डको पनि ख्याल गर्न उनले सुझाव दिइन् ।

यो पनि पढ्नुहोस संघीयता आवश्यक छ, दलहरुमा प्रशिक्षणको कमी छ : सभामुख सापकोटा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment