+
+
Shares

देशभरका तीन हजार किमी सडक आवधिक मर्मत गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १०:३१
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडकअनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।”

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए । सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् ।

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?