Comments Add Comment

नारिता र हङकङ उड्ने यात्रु ४ घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने

१२ मंसिर, काठमाडौं । काठमाडौंबाट जापानको नारिता र हङकङ उड्ने यात्रु अब जहाज उड्ने समयभन्दा चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने भएको छ ।

नेपाल एयरलाइन्सले विमानस्थल समय एक घण्टा थप भएको जानकारी गराएको छ । यसअघि अन्तर्राष्ट्रिय उडानका दौरान  तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने नियम थियो । त्यस अवधिमा विमानस्थलभित्रका चेकजाँच प्रक्रिया पुरा गरी जहाजमा चढ्न सकिन्थ्यो ।

तर, कोभिड १९ को महामारीका कारण थप आवश्यक विवरण जाँच गर्नुपर्ने भएकाले अब नेपाल एयरलाइन्सबाट हङकङ उड्ने तथा जापानको नारिता उड्ने यात्रुले चार घण्टा अगाडी नै जानुपर्ने नियम ल्याइएको हो ।

पछिल्लो समय नेपालबाट विदेश उडेका यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपाल एयरलाइन्सले यी गन्तब्यमा कडाइ थालेको छ ।

अब हङकङ जाँदा सरकारी ल्याबबाट गरिएको कोरोना परीक्षण र नेगेटिभ नतिजा आएको रिर्पोट अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment