Comments Add Comment

बेयर्स्टोबको अविजित ८६ रन मद्दतमा इंग्ल्याण्डको जित, सिरिजमा १-० को अग्रता

१३ मंसिर, काठमाडौं । जोनी बेयर्स्टोबको अविजित ८६ रन मद्दतमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टी-२०मा ५ विकेटले पराजित गर्दै ३ खेलको टी-२० सिरिजमा १-० को अग्रता बनाएको छ ।

केपटाउनमा भएको खेलमा इंग्ल्याण्डले १८० रनको लक्ष्य १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चौथो नम्बरमा ब्याटिङ गरेका बेयर्स्टोबले ४८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८६ रन बनाए । ओपनर ज्यासन रोउ शून्य र अर्का ओपनर जोस बटलर ७ तथा डेविड मालान १९ रनमा आउट हादा इंग्ल्याण्ड ३४-३ को अवस्थामा थियो ।

त्यसपछि बेयर्स्टोब र बेन स्टोक्सले चौथो विकेटका लागि  ८५ रनको साझेदारी गर्दै जितको आधार बनाए । स्टोक्सले २७ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डे र लुंगी एनगिदीले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले फाफ डु प्लेसिसको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । डु प्लेसिसले ४० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५८ रन बनाए । यस्तै हेनरी भान डेर डुसानले ३७, क्विन्टन डे ककले ३० र हेनरिख क्लासेनले २० रन जोडे । इंग्ल्याण्डका लागि साम करनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment