Comments Add Comment

अभिनव साहित्यको पुरस्कार वितरण

‘हरि अभिनव पुरस्कार २०७७’ स्रष्टा सुदर्शन श्रेष्ठलाई दिइएको छ । ३० हजार रुपैयाँ राशी रहेको पुरस्कार शनिबार एक कार्यक्रमबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदान गरेका हुन् ।

कार्यक्रममा बौल्दै मन्त्री फुयाँलले साहित्यको विकासका लागि वर्तमान सरकारप्रतिबद्ध रहेको धारणा राख्नुभयो । साहित्यसँगै कला र संस्कृतिको विकासविना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको मन्त्री फुयाँलको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार विष्णु प्रभात, विजय चालिसेलगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा पुरस्कृत स्रष्टा श्रेष्ठको योगदानको चर्चा गरे । वरिष्ठ पण्डित तथा ज्योतिष स्वर्गीय हरिप्रसाद घिमिरको स्मृतिमा समाजले २०७४ सालदेखि हरि अभिनव पुरस्कार प्रदान गर्दै आएको छ ।

हालसम्म यो पुरस्कारबाट भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा, साहित्यसेवी रमा शर्मा पुरस्कृत भएका छन् । यसैबीच शनिबार नै समाजको वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा वेदमणि घिमिरे गोविन्द, उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाईं, सहसचिवमा मेनका आचार्य र सहकोषाध्यक्षमा शारदा पराजुली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment