Comments Add Comment

फ्रान्समा सुरक्षा विधेयकको विरोधमा हजारौंको प्रदर्शन

फ्रान्समा सरकारले प्रस्ताव गरेको सुरक्षा विधेयकको विरोधमा शनिबार राजधानी सहर पेरिसमा हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । सरकारले ल्याउन लागेको विधेयकमा प्रहरीको फोटो तथा भिडियो खिच्नुलाई आपराधिक गतिविधि मानिने उल्लेख छ । यसले प्रेस स्वतन्त्रताको हनन हुने भन्दै विपक्षीहरुले यो विधेयकको विरोध गर्दै आएका छन् ।

शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गर्नुका साथै प्रहरीको कार पनि जलाइदिएका थिए । सरकारले भने अहिले सुरक्षा विधेयक प्रकारीलाई अनलाइन दुर्व्यवहारबाट बचाउन यो विधेयक ल्याउन लागिएको बताएको छ ।

फ्रान्समा प्रहरी अधिकारीले दुर्व्यवहारको विषयमा भिडियोहरु सार्वजनिक भएसँगै सरकारले नयाँ सुरक्षा विधेयक ल्याउन लागेको हो । यो विधेयक फ्रान्सको तल्लो सदनले पारित गरिसकेको छ भने माथिल्लो सदनको अनुमति कुरिरहेको छ ।

गत साता फ्रान्समा सार्वजनिक भएको एक भिडियोमा तीन गोरा प्रहरी अधिकारीले वर्णको आधारमा विभेद गर्दै कालाजातिका संगीत निर्मातालाई पिट्दै गरेको देखिएको थियो । उक्त भिडियोमा देखिएका अधिकारीहरुलाई निलम्बन गरिएको छ र अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

शनिबार पेरिसमा करिब ४६ हजार मानिसहरुले विरोध प्रदर्शन गरेका थिए । अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार ४६ जना प्रदर्शनकारी पक्राउ परेका छन् भने २० प्रहरी अधिकारी घाइते भएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment