Comments Add Comment

कोरोना भाइरस संक्रमणका कारण थप ‍‍‍७ जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ ।

कास्कीका २ जना, धनुषा, महोत्तरी, काठमाडौं, ललितपुर र धादिङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय  र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

मिथिला बिहारी नगरपालिका-१, धनुषाका ४६ वर्षीया महिलाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ । बिरामी भएपछि मंसिर १२ गते अस्पताल भर्ना भएकी उनमा १३ गते संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी थिइन् ।

बर्दिवास नगरपालिका–२, महोत्तरीकी २२ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार विहान २ : ५० बजे मृत्यु भएको छ । मंसिर २ गते संक्रमण पुष्टि भएकी उनलाई जनकपुर सिटी अस्पतालले धरान रिफर गरेको थियो ।

पोखरा महानगरपालिका–१९, कास्कीका ५७ वर्षका पुरुषको मंसिर १३ गते बेलुका ९ : २० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या देखिएको थियो ।

पोखरा महानगरपालिका–११, कास्कीका ६० वर्षका पुरुषको आइतबार विहान ५ : ४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर ७ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, हाइपरटेन्सन र मुटुसम्बन्धी समस्या थियो ।

धादिङका ६६ वर्षका पुरुषको मंसिर १३ गते मृत्यु  भएको छ । मंसिर ८ गते संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या थियो ।

ललितपुरकी ८० वर्षका पुरुषको मंसिर १४ गते मृत्यु भएको छ । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका र १२ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।

काठमाडौंका ८८ वर्षका पुरुषको मंसिर १४ गते मृत्यु भएको छ । मंसिर ३ गते अस्पताल भर्ना भएका र ४ गते संक्रमण पुष्टि भएका उनमा मृगौलाको समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment