Comments Add Comment

टोटनहम र चेल्सीको खेल बराबर, आर्सनल वल्भ्ससँग पराजित

१५ मंसिर, काठमाडौं । प्रिमियर लिगमा गएराति भएको दुई लण्डन क्लब टोटनहम हट्सपर र चेल्सीबीचको खेल बराबरीमा सकिएको छ । दुई क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि १० खेलबाट २१ अंक जोडेको टोटनहम लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । यस्तै समान खेलबाट १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

यस्तै अर्को लण्डन क्लब आर्सनल भने वल्भ्ससंग २-१ ले पराजित भएको छ । आर्सनलको घरेलु मेदानमा भएको खेलको २७औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई पहिले अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि गाब्रीएलले बर्सनलका लागि बराबरी गोल फर्काए ।

४२औं मिनेटमा डानिएल पोडेन्सले गोल गर्दै वल्भ्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल हुन सकेन र व्ल्भसले जित हात पारेको हो । जितपछि १० खेलबाट १७ अंक जोडेको वल्भ्स छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट १३ अंक रहेको आर्सनल १४औं स्थानमा छ ।

युनाइटेडको पुनरागमन जित

एडिनसन कभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटन विरुद्ध पुनरागमन जित हात पारेको छ ।

दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा ३ गोल फर्काउदै युनाइटेडले साउथह्याम्पटनलाई ३-२ ले पराजित गरेको हो । घरेलु मैदानमा जान बेडनारेकले २३औं र जेम्स वार्ड प्रोवसले ३३औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई दुई गोलको अग्रता दिलाएका थिए ।

तर अग्रता कायम राख्न सकेन । दोस्रो हाफको इन्जुरी टाइममा कभानीले युनाइटेडका लागि विजयी गोल गरे । त्यसअघि ५९औं मिनेटमा ब्नुनो फर्नान्डेज र ७४औं मिनेटमा कभानीले नै गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment