
१५ मङ्सिर, कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4