+
+
Shares

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते ११:५२

१५ मंसिर, कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्ऽ सिंह गुरुले बताए ।

यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उनले बताए । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?