+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रधानमन्त्री ओली पनि टिकटकमा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १४:४१

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?