Comments Add Comment

नेकपाले आफ्नो संकट व्यवस्थापन गर्न संसदलाई बन्धक बनायो : कांग्रेस नेता महत

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् ।

महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेल व्यवस्थापन गर्न लागिरहेको उनले दावी गरे ।

नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तर्क्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए ।

सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत महतले आरोप लगाए । प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरु आवाज सरकारसम्म पुर्‍याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाएपनि सरकारले नसुनेको टिप्पणी गरे ।

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए ।

कांग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment