Comments Add Comment

दक्षिण एसियामा कोरोना : भारतमा बढी संक्रमित, अफगानिस्तानमा मृत्युदर बढी

१५ मंसिर, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिलेपनि सबैभन्दा बढी संक्रमित भएको मुलुक भारत हो भने सबैभन्दा कम भुटान ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण दक्षिण एसिया पनि नराम्ररी प्रभावित बन्न पुगेको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म ९४ लाख ३१ हजार ६९२ संक्रमित फेला परेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी एक लाख ३७ हजार १३९ पुगेको छ ।

यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भने अफगानिस्तानमा सबैभन्दा बढी छ । अफगानिस्तानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीन दशमलव ८३ प्रतिशत छ ।

कोरोनाबाट सबैभन्दा कम प्रभावित भएको सार्क मुलुक भुटान हो । अहिलेसम्म भुटानमा सबैभन्दा कम ३९६ संक्रमित फेला परेका छन् भने अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित संख्याको आधारमा सार्कमा बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशमा चार लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ६ हजार ६०९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

पाकिस्तानमा तीन लाख ९८ हजार ०२४ संक्रमित फेला पर्दा आठ हजार २५ जनाको मृत्यु भएको छ ।

सार्क मुलुकमा नेपाल संक्रमित संख्या र संक्रमितको मृत्युदरको आधारमा चौथो स्थानमा छ भने मृतक संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा सरकारी आँकडाअनुसार संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ रहेको छ ।  मृतक स‌ंख्या भने १५०८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment