Comments Add Comment

अध्ययन भ्रमणमा पोखरा पुगेर शाक्यले भने-महानगरले व्यवस्थित योजना बनाओस्

१५ मंसिर,पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताएका छन्। अध्ययन भ्रमणकै क्रममा पोखरा पुगेका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्वोधनका क्रममा शाक्यले पर्यटनका माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको पनि प्रष्ट पारे । ‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमूर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने, ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ । यी दुई महानरबीच प्रकृति र सम्पदाको प्रवर्द्धन र व्यवस्थापन गर्न सक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउँदै पर्यटनकै माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उँचो बनाउन सकिन्छ ।’

उनले काठमाडौँ भुगोलले सानो भए पनि जनघनत्व बढी भएकाले व्यवस्थापनमा चुनौती भएको भन्दै पोखराले अहिलेदेखि नै व्यवस्थित मानव बसोबासका लागि योजना बनाउनु पर्नेमा जोड दिए। ‘पोखराको भूगोल ठूलो छ । तर, जनसंख्या त्यो अनुपातमा कम छ । त्यसैले अहिलेदेखि नै पोखराले काठमाडौँको अवस्थालाई हेरेर व्यवस्थित मानव बसोबासका लागि योजना बनाउन आवश्यक छ,’ शाक्यले भने, ‘दुबै सहरका लागि अव्यवस्थित बसाइँसराइ चुनौती बनेको छ । त्यसैले एकीकृत बस्ती विकासलाई सबै भन्दा बढी ध्यान दिनुहोला ।’

कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि काठमाडौँ महानगरपालिकाले गरेका प्रयास, सहरी सुव्यवस्थाका लागि चालेका कदम र सम्पदा निर्माण–पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका सन्दर्भमा गरेका कामका बारेमा अवगत गराए ।

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौँ महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहीँबाट सिक्नुपर्ने भएकाले काठमाडौँ महानगरको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिनुभयो । अहिले स्थानीय तहको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा पनि उनले जोड दिए ।

‘स्थानीय तहको भूमिकालाई बलियो बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्छ,’ जिसीले भने, ‘दुरीको हिसावले काठमाडौँ र पोखरा टाढा छैनन । त्यसैले सांस्कृतिक सहर काठमाडौँ र प्रकृतिले सुन्दर पोखराले एक अर्काबाट धेरै कुरा आदन–प्रदान गर्न सक्छौँ ।

काठमाडौँ महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment