Comments Add Comment

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।

कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • पोखरा महानगरपालिका–३, कास्कीका ६५ वर्षीय पुरूषको आइतबार दिउँसो ४:३३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१८, कास्कीका ५१ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै आइतबार राति ९ : ४५ बजे मृत्यु भएको छ । उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१६, कास्‍कीकी ५७ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा सोमबार बिहान ४ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१३, कास्कीकी ७८ वर्षीया महिलाको सोमबार दिउँसो साढे १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १४ गते संक्रमण पुष्टि  भएको थियो ।
  • ललितपुरका ८३ वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १० मंसिरमा अस्पताल भर्ना भएका उनलाई कारोना संक्रमण भएको १२ गते पुष्टि भएको थियो ।
  • ललितपुरकी ८४ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनलाई ८ मंसिरमा कोरोना संक्रमण देखिएको थियो भने श्वासप्रश्वासमा समस्या आएर ९ गते अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंकी ८९ वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । निमोनिया भएर २९ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई ८ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सिन्धुलीका ७६ वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । ६ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या आएपछि १४ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • काभ्रेका ६२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासका समस्या भएर २२ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ५ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धादिङका ६६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या ८ कात्तिमा अस्पताल भर्ना भएका उनलाई १२ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।
  • वालिङ नगरपालिका–१४, स्याङ्जाका ६७ वर्षीय पुरूषको सोमबार बिहान २ : १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
  • बेलौरी नगरपालिका-४, कञ्चनपुरका ७६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल कैलालीमा सोमबार विहान मृत्यु भएको छ । कोरोना संक्रमणसँगै स्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment