Comments Add Comment

धुम्बाराहीमा सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ को सचिवालय बैठकले आज धुम्बाराहीमा बैठक बस्ने तय गरेको हो । आजको बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुनेछ । शनिबारको बैठकमा ओलीले ३८ पृष्ठको डकुमेन्ट पेश गरेका थिए ।

उक्त डकुमेन्ट अध्ययन गरेर प्रचण्डले आज जवाफ दिने तयारी गरेको खुमलटार स्रोतले जनाएको छ । तर, जवाफ लिखित हुने वा मौखिक भन्ने तय भइनसकेको जनाइएको छ । स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले भने जवाफ लिखित नै हुन सक्ने बताए ।

पहिलेजस्तो लामो नभए पनि टिपोटका रुपमा जवाफ आउनसक्ने सम्भावना छ । गएको कात्तिक २८ मा प्रचण्डले पेश गरेको डकुमेन्टको भने ओलीले मंसिर १३ मा लिखित जवाफ नै दिएका छन् । त्यसअघि पनि लिखित पत्रमार्फत् नै सवाल–जवाफ भएको थियो ।

यी सबै डकुमेन्टहरुमाथि छलफल शुरु हुने भएको छ । तर, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सचिवालयमा छलफल गरेपछि सबै डकुमेन्ट स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ ।
ओली पक्ष भने सचिवालयबाटै साझा प्रस्ताव लिएर स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

यो पनि पढ्नुहोस सबै चिठीपत्र स्थायी कमिटीमा लैजाने प्रचण्ड पक्षको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment