Comments Add Comment

अमेजन क्षेत्रमा वन विनाश १२ वर्षयताकै उच्च

Photo Credit : AP

१६ मंसिर, काठमाडौं । ब्राजिलको अमेजन रेन फरेस्टमा वनविनाश सन् २०२० मा १२ वर्षयताकै उच्च भएको छ । सोमबार सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार ब्राजिलमा जेयर बोल्सोनारो राष्ट्रपति बनेयता वन विनाश मौलाएको हो । बोल्सोनारोको पालामा ब्राजिलमा पर्यावरणको विषय कमजोर बन्दै गएको छ ।

सन् २०२० मा विश्वको सबैभन्दा ठूलो जंगलको वनविनाश ९ दशमलव ५ प्रतिशतले बढेको छ । यससँगै यो क्षेत्रको ११ हजार ८८ वर्ग किलोमिटरको क्षेत्रफलको वन विनाश भएको छ । ब्राजिलले सन् २००९ मा वन विनाश तीन हजार नौ सय वर्ग किलोमिटर क्षेत्रफलमा सीमित पार्ने लक्ष्य लिएको थियो । तर, ब्राजिलको उक्त लक्ष्य पूरा हुन सकेन । यो तथ्यांक स्याटेलाइटको सहायतामा गरिएको सन् २०१९ को अगष्टदेखि गत जुलाईसम्मको अध्ययनबाट लिइएको हो ।

विश्वको सबैभन्दा ठूलो घना जंगलको क्षेत्र अमेजन जलवायु परिवर्तन न्यूनीकरणका लागि निकै महत्वपूर्ण मानिएको छ । पर्यावरणविद्हरु सरकारको कमजोरीको कारण अमेजन क्षेत्रमा वन विनाश बढिरहेको बताउँछन् । ब्राजिलका संघीय अधिकारीहरु भने सन् २०१९ को तुलनामा भने यस वर्षको वन विनाशको गति कम भएको बताउँछन् । सन् २०१९ मा अमेजनमा वनविनाश ३४ प्रतिशत बढेको थियो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

दुलही केकी

Advertisment