
१६ मंसिर, काठमाडौं । वनमा आधारित पर्यटकीय गतिविधिले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानबारे अध्ययन हुने भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले चालु आर्थिक वर्ष २०७७/७८ को वाषिर्क कार्यक्रमअन्तर्गत यस्तो अध्ययन गर्न लागेको हो ।
नेपालका चितवन, बर्दियाजस्ता चर्चित गन्तब्य जन-जंगलमा आधारित पर्यटकीय उत्पादनबाट विश्वप्रसिद्ध बनेका गन्तब्य हुन्।
पछिल्लो समय कोशीटप्पु, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा समेत जंगल सफारीका लागि पर्यटक पुग्ने गर्छन् । केन्द्रले अध्ययनका लागि व्यक्ति, फर्म, संस्था तथा कम्पनीबाट समेत प्रस्ताव माग गरेको छ ।
यस अध्ययनले वनमा आधारित पर्यटकीय गतिविधिले अर्थतन्त्रमा परेको योगदानको वास्तविकता पत्ता लाग्ने र आगामी दिनमा यसको विकासका बाधा पहिचान गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4