
केही दिन अगाडि नायक राजेश हमालले मिडियासँगको कुराकानीमा परिस्थिती हेरेर मात्र हल खोल्नु पर्ने बताएका थिए । हल खोलेर कोरोना भाइरस फैलियो भने त्यसले नराम्रो परिणाम दिने उनको तर्क थियो ।
हमालको यो भनाइप्रती धेरै चलचित्रकर्मी असन्तुष्ट छन् । चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिपकुमार उदयले हमालको भनाइमा असन्तुष्टी जनाउँदै लेखेका छन्–‘सम्पूर्ण व्यवसायहरु सुचारु भैसकेको अवस्थामा के हलबाट मात्र कोरोना फैलिने हो ? सरकारले लकडाउन गरेको अवस्थामा छायांकन स्विकृती नदिएको अवस्थामा म्यूजिक भिडियोमा अभिनय गर्ने र निर्माण गर्नेलाई काुननको उल्लंघन गरेको अभियोग लाग्ने कि नलाग्ने ?’
उनले, चलचित्र नखुल्दा चलचित्र क्षेत्रमा परेको असरले बेरोजगरा भएका प्राविधिक र कर्मचारीको पीडा वुझ्नु भएको छ या छैन भनेर समेत प्रश्न गरेका छन् । उनले, चलचित्र प्रदर्शक, वितरक र निर्माताको पीडा वुझ्न पनि आग्रह गरेका छन् । उदयले, चलचित्र क्षेत्रको समस्या र पीडा नवुझ्ने व्यक्ति चलचित्रकर्मी हुनै नसक्ने जिकिर समेत गरेका छन् ।
प्रतिक्रिया 4