Comments Add Comment

यौन सम्बन्धमा समयको तालमेल

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक ? किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न सक्छन् ।

त्यसो त यौन सम्बन्धका लागि स्थान र समयले पनि उत्तिकै भूमिका खेल्छ । यसमा दम्पतीले गोपनीयता अपनाउन चाहन्छन् र त्यही किसिमको स्थान छनौट गर्छन् । त्यसैगरी कुन समयमा यौन सम्बन्ध बनाउने भन्ने कुराले पनि महत्व राख्छ ।

कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि रातको ९ बजे वा १० बजे । यद्यपि यो समय नै आफूलाई अनुकुल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय शयनमा सुखद् पल महसुस गर्नका लागि अनुकुल हुँदैन ।

फ्रन्टियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो । जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध राख्छन् । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राति यौन सम्बन्ध बनाउनु दिउँसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन ।

रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफूलाई तयार राख्न सकौं । त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।

मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौन सम्पर्क गर्दा त्यसबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिदैन ।

अतिरिक्त काम गर्नका लागि शरीरलाई ऊर्जा आवश्यक हुन्छ, ठीक त्यसैगरी सक्रिय यौन जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौन सम्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । राति तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकि यतिबेला शरीरले दिनभर खर्चेको ऊर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनुभन्दा बिहानको समयमा शारीरिक सम्बन्ध राख्नु धेरै उत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment