Comments Add Comment

विवाद मिलाउन खोज्दा प्रहरी चौकीभित्रै झडप, एकजना घाइते

१७ मंसिर, कैलाली । दुई पक्षबीचको विवाद मिलाउने क्रममा बैतडीस्थित एक प्रहरी चौकीभित्रै झडप भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच मंगलबार साँझ झडप हुँदा एकजना घाइते भएका छन् ।

बाटोमा हिँडिरहेकी एक किशोरीलाई जिस्काएको आरोपमा प्रहरीले स्तथानीय किशोरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएपछि दुवै पक्ष प्रहरी चौकी पुगेका थिए । प्रहरीले घट्नाबारे जानकारी लिइरहेको समयमा एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेकै समयमा दुई पक्षबीच झडपमा भएको थियो । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । घाइते चन्दलाई थप उपचारका लागि बैतडी जिल्ला अस्पतालबाट धनगढी रेफर गरिएको उनले बताए ।

‘बाटोमा हिँडिरहेकी एक किशोरीलाई स्थानीय एक किशोरले जिस्काएको रहेछ,’ उनले भने, ‘सो घटनाबारे स्थानीय प्रहरीले सम्बन्धित पक्षसँग बुझ्ने क्रममा दुवै पक्षबीच झडप भएको हो ।’

चौकीभित्रै झडप गर्नेमध्ये ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पर्याप्त प्रहरी नहुँदा स्थानीयको विवाद मिलाउन समस्या भएको थियो । हाल बलारामा प्रहरी चौकीमा ५ जना प्रहरी मात्रै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment