Comments Add Comment

विवेकशीलको प्रवास संगठन साझासँगको एकतामा सहभागी नहुने

१८ मंसिर, काठमाडौं । विवेकशील नेपाली दलको प्रवास संगठन साझा पार्टीसँगको एकता प्रकृयामा सहभागी नहुने भएको छ ।

साझा-विवेकशीलले रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी एकता गर्ने तयारी गरिरहेका बेला विवेकशीलको प्रवास संगठन भने एकताको विपक्षमा देखिएको हो ।

विवेकशीलका प्रवास संगठनका अतर्राष्ट्रिय संयोजक सञ्जय रिमाल, महासचिव सुवास बस्नेत लगायत विभिन्न १४ देशमा रहेका सदस्यले साझासँगको एकता पश्चात बन्ने विवेकशील साझा पार्टी मा आबद्ध नहुने बताएका छन् ।

अध्यक्ष रिमालको आतिथ्यमा बसेको युएसएको बैठकले एकतामा सहभागी नहुने निर्णय गरेको हो ।

जर्मनीका सदस्यहरले पनि एकतापछि बन्ने विवेकशील साझामा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् । अरु देशको पनि विज्ञप्ति आउने क्रम जारी रहेको महासचिव सुवास बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment