Comments Add Comment

ठाकुरद्वारामा सञ्चालन भयो सेन्ट्रल प्लाजा जङ्गल रिसोर्ट

१८ मंसिर, काठमाडौं । बर्दियाको प्रसिद्ध पर्यटकीय क्षेत्र ठाकुरद्वारामा जङ्गल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन आएको छ । अहिले आंशिकरुपमा सन्चालन भएको उक्त रिसोर्ट आगामी वैशाख १ गतेदेखि पूर्णरुपमा सञ्चालन आउने रिर्सोटका संचालक देव अर्यालले बताए ।

पश्चिम नेपालका प्रमुख पर्यटकस्थलमा प्रख्यात रहेको बर्दियामा यस रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने अपेक्षा गरिएको सञ्चालक अर्यालको भनाइछ ।

बाँकेको कोहलपुरमा पाँचतारे होटल सेन्टल प्लाजा निमार्णदेखि सञ्चालनसम्मको अनुभव भएका कारण यस होटलमा पनि आफ्ना फाहुनाको मन जित्ने विश्वास लिएको अर्यालले बताए ।

बर्दिया निकुञ्जको काखमा ठाकुरबाबा नगरपालिका-६ लठुवामा करिब २ विगाह क्षेत्रफलभित्र २६ करोडको लागतमा सेन्ट्रल प्लाजा जङ्गल रिसोर्टको निर्माण सुरु गरिएको हो । होटल राष्ट्रिय निकुन्जसँगै जोडिएका कारण पनि जङ्गलभित्र नै बसेको अनुभुति हुने बताए ।

पूर्णतया वातानुकुलित र वातावरणमैत्री सेन्ट्रल प्लाजा जङ्गल रिसोर्टलाई ठाकुरद्वाराकै पहिलो ‘ग्रीन होटल’का रूपमा तयार गरीएको दाबी उनको छ ।

बर्दिया राष्ट्रिय निकुन्ज बाघ हेर्नका लागि निकै प्रख्यात रहेको छ भने थारु संस्कृति हेर्नका लागि पनि उपयुक्त स्थल मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment