Comments Add Comment

अमेरिकामा अध्ययनरत प्रभातसँग रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट

नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । उनले, विराटनगरमा रहेको एक होटलमा बुधबार इन्गेजमेन्ट गरेकी हुन् । अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग उनले इन्गेजमेन्ट गरेकी हुन् ।

बिहेको मिति भने तय गरिएको छैन । रेश्माले अनलाइनखबरसँग भनिन्–‘हाम्रो र उहाँको परिवारका सदस्यहरु देश बाहिर रहनु भएकाले कोभिडको जोखिम कम भएपछि मात्र बिहे गर्ने तयारी छ । सायद, अझै केही महिना लाग्छ होला ।’

अमेरिकामा रहेर चिकित्सा विज्ञान अध्ययनरत प्रभात एक महिना अगाडि नेपाल आएका थिए । उनी इन्गेजमेन्ट र आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएको रेश्माले बताइन् ।

रेश्माले अनलाइनखबरसँग भनिन्–‘हाम्रो २ बर्ष अगाडि चिनजान भएको हो । यसपछि, हामी कुरा गर्दै जाँदा नजिक भयौं र परिवारसँगको सल्लाहमै बिहेका लागि तयार भएका हौं ।’ उनले, प्रभात र आफू निकै मिल्ने साथी भएपनि प्रेमी–प्रेमिका नै नभएको बताइन् ।

रेश्मा पछिल्लो समयमा म्यूजिक भिडियोमा चर्चित छिन् । टिकटकमा लाखौ फलोअर्स कमाएपछि भिडियोमा पनि लोकप्रियता कमाएकी नायिका अब भने वैवाहिक जीवनमा बाँधिने तयारी गरेकी छिन् ।

 

तस्वीरः शिक्षा संग्रौलाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment