Comments Add Comment

रौतहटमा महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

१८ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका विभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिए । प्रतियोगितामा देशका विभिन्न १२ गरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिमको गरी २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने टिम काता र एकल काताका खेल हुने सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

प्रतियोगिता आउँदो मंसिर २८, २९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगशालामा हुने तयारी रहेको अध्यक्ष पहाडीले बताए । प्रतियोगिताको अन्तिम तयारीमा संघका पदाधिकारी जुटेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment