Comments Add Comment

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

१८ मंसिर, काठमाडौं । पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

मोटरबाट पानी तानेर खेतमा पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई तराई अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment