Comments Add Comment

१४ लाखमा बनेको पलको ‘मैसाब’

एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ ।

सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजार प्रतिक्रिया आएका छन् । ‘मैसाब’ले किन आशातित रुपमा भ्यूज पाएन, यसको समिक्षा विभिन्न कोणबाट गर्न सकिएला । तर, भिडियो निर्माणमा भने यसको निर्माणपक्षले कुनै कञ्जुस्याँई गरेन ।

भिडियोका निर्देशक कविराज गहतराजका अनुसार, नायक पल शाहलाई दोहोरो भूमिकामा देखाउन निकै गाह्रो भएको थियो । याक एन्ड यती होटलमा करिब २४ घन्टा लगाएर यो भिडियो खिचिएको हो । कविराजले भने–‘राजकिय शैलीमा भिडियो निर्माण गर्नुपर्ने भएकाले हामीले सल्लाहा गर्यौं र काम गरेका हौं । गीत नै सोही अनुसार भएपछि भिडियो पनि हामीले सय जना कोरस राखेर भव्य रुपमा खिचेका छौं ।’

भिडियोमा नायक पल शाहको साथमा सिक्किमेली मोडल छुकेला शेर्पाले अभिनय गरेकी छिन् ।

पललाई दोहोरो भूमिकामा कसरी देखाउनुभयो भन्ने प्रश्नमा कविले भने–‘अरु गीत ३२–३२ बिटमा हुन्छ । यो एक–एक लाइनमा हुन्छ । यसैले, यो त मेरा लागि २ वटा म्यूजिक भिडियो खिचे जस्तो भएको थियो ।’

कविले अगाडि भने–‘पललाई दोहोरो भूमिकामा देखाउन दुइवटा क्यामेरा प्रयोग गरिएको होइन । मुभमेन्ट सर्टका लागि हामीले ग्रिन म्यापमा राखेर खिचेका छौं । मुभमेन्ट सर्टका लागि केही गाह्रो हुन्छ । अरु ठाउँमा हामीले डमी कलाकार राखेर दुई पटक खिचेका छौ ।’

यो भिडियोमा कैलाश राइले लगानी गरेका छन् । भिडियोमा भव्यता देखाउन कैलाशले कुनै पनि कञ्जुस्याँई गरेका छैनन् । तर, भिडियोको कमजोर भ्यूजले भने यसको महंगो लगानी उठाउन सक्ने संभावना देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment