Comments Add Comment

फिल्मबाट डेब्यू गरेर पछुताएकी छैनः एलिजा

चलचित्र ‘अनुराग’मा काम गरेपछि मोडल तथा नायिका एलिजा गौतमको प्रशंसा भन्दा बढी आलोचना नै भयो । उनको अभिनयलाई लिएर धेरै ट्रोलहरु बने । उनै, एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउनपछि एलिजाले दर्जन बढी भिडियोमा काम गरिसकेकी छिन् । उनले, चल्तीका मोडलहरु पल शाह, पुष्प खड्कासँग पनि काम गरिसकिन् ।

एलिजा आफूले म्यूजिक भिडियोमा पाइरहेको सफलतालाई सपना भन्छिन् । उनले भनिन्–‘मलाई त यो सबै सपना जस्तै लागिरहेको छ । दर्शकले दिनुभएको हरेक प्रतिक्रिया मैले हेर्ने गरेकी छु । सकारात्मक प्रतिक्रियालाई हौसलाको रुपमा लिएकी छु भने नकारात्मक प्रतिक्रियालाई सुझावको रुपमा लिन्छु र अगाडि बढ्छु ।’

एलिजाले आफू चलचित्रबाट डेब्यू गरेर नपछुताएको पनि बताइन् । भनिन्–‘मलाई यसमा पछुतो छैन । चलचित्रबाट पनि मैले केही सिक्ने मौका भने पाएँ । तर, अब कथावस्तु राम्रो नआएसम्म चलचित्रमा काम गर्दिनँ ।’

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment