Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।

काठमाडौं र दाङमा २/२ जना, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की, चितवन र कैलालीका १/१ जनाको मृत्यु  भएको प्रदेशको सामाजिक विकास मन्त्रालय  र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • काठमाडौंकी ६८ वर्षकी महिलाको मंसिर १८ गते मृत्यु भएको छ । कात्तिक ३० गते संक्रमण पुष्टि भएकी उनी मंसिर १८ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
  • काठमाडौंका ५६ वर्षका पुरुषको मंसिर १९ गते मृत्यु भएको छ । मंसिर ८ गते संक्रमण पुष्टि भएका उनी ९ गते अस्पताल भर्ना भएका थिए ।
  • ललितपुरकी ७५ वर्षकी महिलाको मंसिर १७ गते मृत्यु भएको छ । मंसिर ११ गते अस्पताल भर्ना भएकी उनमा १२ गते संक्रमण पुष्टि भएको थियो ।
  • मकवानपुरका ८९ वर्षका पुरुषको मंसिर १८ गते मृत्यु भएको छ । मंसिर १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी ८४ वर्षकी महिलाको मंसिर १८ गते मृत्यु भएको छ । मंसिर १४ गते संक्रमण पुष्टि भएको उनमा दमको रोग थियो ।
  • पोखरा महानगरपालिका-८, कास्कीकी ६६ वर्षकी महिलाको शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १३ गते संक्रमण पुष्टि भएको थियो ।
  • कालिका नगरपालिका-४ चितवनका ४९ वर्षका पुरुषको भरतपुर अस्पतालमा बिहीबार राति मृत्यु  भएको छ । ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १३ गते संक्रमण पुष्टि भएका उनमा  सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • तुलसीपुर उपमहानगरपालिका-११, दाङका ४५ वर्षका पुरुषको नेपालगञ्जको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।
  • तुलसीपुर उपमहानगरपालिका, दाङकै ८१ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार राति १०:४५ बजे मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • गोदावरी नगरपालिका-३, कैलालीका ७६ वर्षका पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार विहान मृत्यु  भएको छ । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment