Comments Add Comment

प्रचण्ड–माधव पक्षका इन्जिनियरहरुको वक्तव्यः अध्यक्षद्वयको प्रतिवेदन छलफलमा लैजाऔं

२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद शुभेच्छु संगठन प्रोग्रेसिभ एसोसियन नेपाल (पीन) मा पनि देखिएको छ । पार्टी एकतापछि संगठन एकीकरण गर्न पहिलो देखिएको पीन विवादमा परेको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षबीच विवाद बढ्दै जाँदा पीनको एक पक्षले वक्तव्य जारी गरेको छ । प्रचण्ड र माधवकुमार नेपाल पक्षका इन्जिनियरहरुले वक्तव्य जारी गर्दै दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने जनाएका छन् ।

पीनको २० सदस्यीय सचिवालयमा ११ जनाले वक्तव्य जारी गर्दै दुई अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटीसम्म पुग्नुपर्ने धारणा राखेका छन् ।

‘…अध्यक्षद्वयबाट पेश भएका दुवै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा गहन छलफल गराइ सर्वमान्य एक प्रतिवेदन तयार गर्दा सबै कार्यकर्ता, शुभचिन्तकको भावनालाई समेट्छ’, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज विष्ट, नारायण चौलागाईँ, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, विरोध रिजाल र कपिल आचार्यले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment