Comments Add Comment

बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

२० मंसिर, काठमाडौं । बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियका अनुसार गुलरिया नगरपालिका-७ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा शनिबार बिहान २:१५ बजे मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंसिर ८ गते भेरी अस्पतालमा उनको स्वाब संकलन गरिएकोमा मंसिर १० गते रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मंसिर ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडेसिभिरका साथै प्लाज्मा थेरापी विधिबाट उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

ऊ… ऊ… सगरमाथा !

Advertisment