Comments Add Comment

मनप्रसाद वाग्लेको खण्डकाव्य ‘यौन शिक्षा’ सार्वजनिक

शिक्षा क्षेत्रमा आफ्नो पकड बनाएका शिक्षाविद् डा. मनप्रसाद वाग्लेद्वारा लिखित ‘यौन शिक्षा’ नामक खण्डकाव्य सार्वजनिक भएको छ ।

छन्द चौतारी, प्रतिभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा पुस्तक सार्वजनिक कार्यक्रम सम्पन्न भयो । पुस्तक सार्वजनिक गर्दै कवि रमेश खकुरेलले पुस्तकको महत्त्व, रचनाकारको परिपक्वता र यौन शिक्षाको बारेमा समाजको आवश्यकता बारेमा प्रकाश पारे ।

भर्चुअल जुमबाट गरिएको कार्यक्रममा आफ्नो कृतिबारे बोल्दै डा. वाग्लेले विद्यालय र कलेजमा पढ्ने सबै विद्यार्थी र १० वर्ष उमेरदेखि माथिका र वृद्ध वृद्धा समेतलाई अनौपचारिक रूपमा यौन शिक्षा पस्कनु पुस्तकको उद्देश्य रहेको बताए ।

शिखा बुक्सले प्रकाशन गरेको खण्डकाव्यको मूल्य २१५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment