+
+
Shares

नयाँ परराष्ट्र नीति : छिमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध, असंलग्न नीतिमा दृढ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १८:१०

२१ मंसिर, काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

सो नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ सो नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।

नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ । नीति सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले भने,‘केही सन्दर्भ बदलिएका छन् तर असंलग्न परराष्ट्र नीति अझै सान्दर्भिक रहेको छ ।’

नयाँ नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको छ भने अहिलेका नयाँ विषय जलवायु परिवर्तन लगायतका विषयमा पनि जोड दिइएको छ ।

हेर्नुहोस् परराष्ट्र नीति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?