Comments Add Comment

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

२१ मंसिर, काठमाडौं । भक्तपुरबाट मोटरसाइकल चोरो गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट उनीहरुले प्रदेश ३-०२-०१७ प. ७६७७ नम्बरको मोटरसाइकल शनिबार मध्यरातिमा चोरी गरेका थिए ।

मोटरसाइकल चोरो भएको सूचना पाएलगत्तै प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । ड्युटीमा खटिएको प्रहरी टोलीले कौशलटार चोकमा चेकजाँच गर्ने क्रममा संगित तामाङले शंकास्पद हर्कत गरेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

सोही अनुसन्धानको आइतबार बिहान ९:३० बजे कौशलटारबाट चोरी भएको उक्त मोटरसाइकल र सलिन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको बलेफी घर भई गठ्ठाघर बस्दै आएका सागर तामाङले आफ्नो मोटरसाइकल चोरी भएको उजुरी दिएपछि दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment