Comments Add Comment

नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठकमा व्यापार सहजीकरण मुख्य एजेन्डा

२१ मंसिर, काठमाडौं । नेपाल-भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समिति (आईजीसी) वार्ताका लागि नेपालले आफ्नो एजेण्डा तय गरेको छ ।

सोमबार सुरु हुने भर्जुअल वार्ताका लागि नेपालले पाँच वटा मूख्य एजेन्डा निर्धारण गरेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच भएको पारवहन तथा व्यापार सन्धी पुनरावलोकन बैठकको मुख्य एजेन्डा भएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीच हुने लगानी प्रवर्द्धन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण पनि वार्ताको प्रमुख एजेन्डा भएको मन्त्रालयले जानकारी दियो ।

यस्तै दुई देशबीच संयुक्त बिजनेस फोरम बनाउने प्रस्ताव पनि नेपालले बैठकमा राख्ने छ । नेपाल र भारतबीच हुने व्यापारमा गुणस्तर तथा सहजीकरण र नयाँ बजारीकरणको सम्भावनाबारे पनि छलफल गर्न नेपालले प्रस्ताव गरेको छ ।

बिहीबार र शुक्रबार बसेको दुई देशका सहसचिवस्तरीय बैठकले छलफलको एजेण्डा तय गरेको थियो । सोमबार विहान सुरु हुने भर्चुअल बैठकको नेपाली नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्नेछन् ।

वार्तामा भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रसहितको टोली सहभागी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment