Comments Add Comment

प्रदिपको ‘प्रकाश’का लागि कलाकारको खोजी

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । चलचित्रको निर्माणपक्षले विभिन्न कलाकारको खोजी गर्दै अडिसन आयोजना गर्ने बताएकोछ ।

चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार(पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार(पुरुष र महिला)को खोजी गरिएको निर्माणपक्षले बताएको छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रको लागि अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना गरिनेछ ।

वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रले दुर्गम गाउँबाट उदाएको एक यूवकको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रका लागि नायक प्रदिप खड्काले ३ महिना कलाकार अनुप बरालसँग अभिनयको कोर्ष पनि सिकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment