+
+
Shares

पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १५:०३

२२ मंसिर, काठमाडौं । कस्कीको पोखरामा पर्वतका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको हो । उनीमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?