Comments Add Comment

सुदूरपश्चिममा ८१ प्रतिशत संक्रमित कोरोनामुक्त

२३ मंसिर, डोटी । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) बाट संक्रमित भइ कञ्चनपुर जिल्ला अस्पतालमा उपचार गराइरहेका १५ जना सोमबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ६ सय ४८ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । हालसम्म कोरोनाको संक्रमण प्रमाणित भएका ११ हजार आठ सय १६ जनामध्ये करिब ८१ प्रतिशत कोरोनामुक्त भएको निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

कैलालीमा हालसम्म पत्ता लागेका चार हजार नौ सय १७ जना संक्रमितमध्ये चार हजार दुई सय ६६ जना निको भएका छन् । यस जिल्लामा कारोना संक्रमणकै कारण २२ जनाको मृत्यु भएको छ । सोमबार नयाँ पत्ता लागेका ३६ जना समेत गरी हाल कैलालीमा ६ सय ३० जना उपचाररत रहेका छन् ।

अछाममा एक हजार एक सय ३७ जाले कारोनामुक्त भएका छन् । सोमबार देखिएका २२ समेत गरी एक हजार तीन सय ७४ जना संक्रमित रहेको यस जिल्लामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । हाल यस जिल्लामा दुई सय ३५ सक्रिय संक्रमित रहेका छन् ।

डोटीमा पनि एक हजार दुई सय जना कोरोनामुक्त भएका छन् । एक हजार तीन सय ३८ जनामा कोरोना संक्रमति देखिएको यस जिल्लामा एक जनाको ज्यान गएको छ । सोमबार पुष्टि भएका एक जना समेत गरी डोटीमा हाल एक सय ६७ जना संक्रमित छन् ।

कञ्चनपुरमा हालसम्म पत्ता लागेका एक हजार तीन सय १२ संक्रमितमध्ये एक हजार एक सय ५३ जना निको भएर घर गएका छन् । कञ्चनपुरमा ६ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ । जिल्लामा सामेबार पत्ता लागेका सात सहित एक सय ५३ जना उपचाररत छन् ।

बझाङमा पनि चार सय ९६ जना कोरोनामुक्त भएका छन् । हालसम्म पुष्टि भएका ८ सय दुई जना संक्रमितमध्ये तीन जनाले ज्यान गमाएका छन् । सोमबार पत्ता लागेका ९ समेत गरी जिल्लामा तीन सय तीन जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा सोमबार पत्ता लागेका दुई समेत गरी कुल पाँच सय ९६ संक्रमितहरुमध्ये चार सय ९४ जना कोरोनामुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण एक जनाले ज्यान गुमाउनु परेको छ । हाल बैतडीमा एक सय एक जना कोरोना संक्रमित छन् ।

डडेल्धुरामा कुल संक्रमित पाँच सय ९१ मध्ये तीन सय ७८ जनाले कोरोनामुक्त भएका छन् । यस जिल्लामा सोमबार पत्ता लागेका ११ समेत गरी दुई सय १० जना संक्रिय संक्रमित रहेका छन् । डडेल्धुरामा तीन जनाले कारोनाकै कारण ज्यान गुमाएका छन् ।

यस्तै बाजुरामा पत्ता लागेका चार सय ८९ संक्रमितमध्ये चार सय ५२ निको भएर घर गएका छन् । यस जिल्लामा हाल ३५ जना संक्रिय संक्रमित रहेका छन् भने बाजुराले पनि कोरोनाकै कारण दुई जना गुमाउनु परेको छ । हाल बाजुरामा ३५ जनासक्रिय संक्रमित रहेका छन् ।

संक्रमित संख्याको हिसावले हालसम्म सबैभन्दा कम देखिएको दार्चुला जिल्लामा पनि ७३ जना कोरोनामुक्त भएका छन् । जिल्लामा दुई सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने दुई जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ ।
अन्य जिल्लाका ३३ जना र अन्य देशका दुई जना सक्रिय संक्रमित पनि प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment