Comments Add Comment

फिल्ममै आउन चाहन्छौंः सुधिर र श्रेया

म्यूजिक भिडियोमा हिजोआज दर्शकले खुबै देख्ने २ मोडल हुन्, सुधिर श्रेष्ठ र श्रेया सिटौला । नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को एक गीतलाई हुबहु उतारेर टिकटक बनाएपछि चर्चामा आएका सुधिर हिजोआज दैनिकजसो म्यूजिक भिडियोको छायांकनमा व्यस्त छन् । उनका टिकटकमा ५ लाख भन्दा बढी फलोअर्स छन् ।

यस्तै, टिकटकमा ९ लाख भन्दा बढी फलोअर्स कमाएकी इटहरीकी श्रेया सिटौलालाई पनि म्यूजिक भिडियोमा भ्याइनभ्याई छ । श्रेया भन्छिन्–‘मलाई त यो यात्रा सपना जस्तो लाग्छ । मैले डेढ बर्ष अगाडि टिकटक बनाउन सुरु गरेकी हुँ । डेढ बर्षमा म्यूजिक भिडियोसम्मको यात्रा मेरा लागि सुखद हो ।’

सुधिर दर्शकले आफ्नो अभिनय र नृत्यलाई रुचाएको विश्लेषण गर्छन् । श्रेया भने दर्शकले आफ्नो के रुचाए भनेर ठ्याक्कै भन्न सक्दिनन् । तर, उनलाई लाग्छ कसैले उनको सुन्दरतालाई रुचाए त कसैले उनको अभिनयलाई ।

सुधिर र श्रेया दुबै कम बोल्छन् । तर, म्यूजिक भिडियोको यात्रा सुरु गरेपछि भने उनीहरुमा बोल्ने बानी पर्न थालेको छ । श्रेया भन्छिन्–‘अब त लामो यात्रा गर्नुछ । यसैले, बोल्न पनि सिक्दैछु ।’
म्यूजिक भिडियो पछि के त ? श्रेया र सुधिर दुबैले भने–‘हाम्रो सपना चलचित्र नै हो ।’

सुधिर र श्रेया दुबैलाई चलचित्रको अफर नआएको भने होइन । तर, कोभिडका कारण चलचित्र क्षेत्र सुचारु नहुँदा चलचित्र निर्माण भएका छैनन् । यसैले, चलचित्र क्षेत्र सुचारु भएपछि अगाडि बढ्न सकिने आँकलन उनीहरुको छ ।

म्यूजिक भिडियो र चलचित्रमा के फरक छ, सुधिर भन्छन्–‘म्यूजिक भिडियोमा अभिनयको विविधता देखाउन पाइँदैन । चलचित्रमा हरेक कुरा हुन्छ । यसैले, पूर्ण कलाकार बन्नका लागि चलचित्र आवश्यक छ ।’
नेपाली चलचित्रले हरेक दिन नयाँ कलाकारको खोजी गर्छ । सुधिर र श्रेया मौकाको खोजीमा छन् । चलचित्र क्षेत्र सुचारु भएपछि यी दुइको करिअरमा नयाँ परिवर्तन होला त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment