Comments Add Comment

नेप्से परिसूचक ९ अंकले घट्यो, हाइड्रोपावर भने ८३ अंकले बढ्यो

२३ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलव ३५ अंक्मा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले घटेर ३८० दशमलव १८ अंक्मा झरेको छ । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा भन्दा धेरैको कारोबार भएकोमा मंगलबार ६ अब पनि कारोबार रकम पुग्न सकेन ।

४८ हजार ८ सय १ कारोबारबाट २ सय १ कम्पनीका १ करोड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३ सय ८४ रुपैयाँ पुगेको छ ।

अन्य सबै घटेर राताम्मे देखिए पनि नेप्सेमा कारोबार हुने हाइड्रोपावर र म्युचुअल फण्ड भने बढेको छ । हाइड्रोपावर ८३ दशमलव ८९ अंकले उकालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment