+
+
Shares

देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास भयो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १९:५६

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि हत्या हिंसाको विकराल कालखण्डमा फर्काउने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बलजफ्ती राजनैतिक समस्या निम्त्याउन प्रयास भइरहेका भन्दै सफल हुन नदिने बताए ।

मंगलबार मात्र मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भनेका छन्, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’

‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?