Comments Add Comment

सय दिनमा १० करोड डोज कोरोना खोप उपलब्ध गराउने बाइडनको दाबी

२४ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका छन् ।

उनले आफू पदमा आएको पहिला महिना नै महामारी अन्त्य गराउन नसक्ने भए पनि उक्त महिनामा यसको अवस्थामा उल्लेख्य परिवर्तन आउने उनको भनाइ छ ।

बाइडनले जनवरीमा पदभार ग्रहण गर्ने बेलाको लागि आफ्नो स्वास्थ्य टोलीको घोषणा गर्दै उनले अमेरिकी नागरिकहरुलाई आफ्नो पहिलो एक सयदिनको कार्यकालमा मास्क लगाउन आग्रह गरेका छन् ।

मंगलबार अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपले अनुमति पाउने बाटो खुलेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म एक करोड ५० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने दुई लाख ८५ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ । पछिल्लो केही समययता अमेरिकाका विभिन्न राज्यहरुमा कोरोना संक्रमण अहिलेसम्मकै सबैभन्दा उत्कर्षमा पुगेको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पनि कोरोना भाइरसको मुद्दालाई बाइडनले महत्वपूर्ण विषयको रुपम उठाएका थिए । उनले आफ्नो कार्यकालमा पहिलो प्राथमिकता यो महामारी नियन्त्रण गर्नु नै हुने बताउँदै आएका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment